खुतुर्केमा जम्मा गरेको रकमले राहत बाँडिन १२ बर्षिय प्रदितिले

धनगढी, २२ जेठ । धनगढी उप महानगरपालिका वडा नम्बर २ निवासी १२ बर्षिय प्रदिति चन्दले लकडाउनका कारण समस्यामा परेका खेलाडीहरुलाई राहत खरिदका लागी नगद सहयोग गरेकी छिन् । जेसिस एभरेस्ट स्कुलमा ७ मा अध्यायनरत चन्दले राहत स्वरुप रकम सहयोग गरेकी हुन् ।

आफ्नो जन्मदिनको अवसर पारेर प्रदितिले कैलालीका खेलाडीहरुलाई राहत उपलब्ध गराउन राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीलाई सहयोग गरेकी हुन् । केही बर्षदेखी १/१ रुपयाँ गरी खुतुर्केमा राखेकी प्रदितिले जन्मदिनको अवशरमा सहयोग गरेकी हुन् ।

बिभिन्न समाचारमा समस्यामा परेको सुन्ने र घरबाट सहयोग गर्नुपर्छ भन्ने प्रेरणा पाएकी प्रदितिले आज जन्मदिनको अवशर पारेर सहयोग गरेकी हुन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दकी छोरी प्रदितिले समस्यामा परेकालाई सहयोग गर्नुपर्छ भनेर बिभिन्न समाचारमा देखेकाले आफुलेपनि केही सहयोग गरेको बताइन् । सानै उमेरदेखी सहयोगी बन्नुपर्ने उनको भनाई छ ।


२२ जेठ २०७७, बिहीवार १४:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु