आठ वर्षअघिको बलात्कार प्रकरणः पीडित युवती अदालतमा उपस्थित

सौन्दर्य प्रतियोगिता आयोजकबाट बलात्कृत भएकी युवती काठमाडौं जिल्ला अदालतमा हाजिर भएकी छिन् । जिल्ला अदालतले उनको बयान लिएको छ ।

प्रहरीले आरोपित मनोज पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुव्र्यवहारको कसुर लगाएको छ । मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएपछि मात्र आरोपितलाई थुनामा राख्न मिल्छ । पाण्डेलाई ७ जेठमा प्रहरीले पक्राउ गरेको थियो ।

आठ वर्षअघि ‘मिस ग्लोबल इन्टरनेसनल’ नामको सौन्दर्य प्रतियोगितमा सहभागी भएकी ती युवतीले सामाजिक सञ्जालमार्फत आयोजक पाण्डेले आफूलाई बारम्बार बलात्कार गरेको आरोप लगाएकी थिइन् ।


९ जेठ २०७९, सोमवार १४:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु