धनगढी उपमहानगरपालिका-९ को वडा अध्यक्षमा भण्डारी विजयी
धनगढी उपमहानगरपालिका वडा नम्बर -९ को वडा अध्यक्षमा कांग्रेशका प्रेम बहादुर भण्डारी विजयी भएका छन्। उनले ६ सय ६१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका नविन सिंह कोलीले ६१० मत ल्याएका छन्।
२०७४ सालको चुनावका पनि एमालेका कोलीलाई नै हराएर भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी प्यानलसहित विजयी भएका हुन् । सदस्यमा शारदा ताम्राकार, धौली कडायत, लहानु चौधरी र नवराज भट्ट विजयी भएका छन्।
७ जेठ २०७९, शनिवार २२:४६ बजे प्रकाशित












