धनगढीमा हमालको जित निश्चित, उपमेयरमा एमालेकी रानाको सम्भावना
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित देखिएको छ । धनगढीमा सम्म ६३ हजार ७१५ मत खसेकोमा ५६ हजार २२६ मत गणना गर्दा हमालले २४ हजार ५२९ मत पाएका छन् । जम्मा ७ हजार ४८९ मत गणना गर्न बाँकी रहदा पनि हमालको जित निश्चित देखिएको हो।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१मत पाएका छन् । स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३८६ मत ल्याएर तेस्रो स्थानमा छन् ।
उपमेयरमा एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबीच कडा प्रतिस्पर्धा देखिएको छ । रानाले १२ हजार ५९४ र अधिकारीले ११ हजार ५८९ मत पाएकी छिन् ।
उनीहरुबीच एक हजार ५ मतको अन्तर छ । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन्।
७ जेठ २०७९, शनिवार १८:३४ बजे प्रकाशित












