कञ्चनपुरमा जिपकाे ठक्करबाट दुई जनाकाे मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जिपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जिपको ठक्करबाट गम्भीर घाइते भएका बमद्वयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । जिप र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको बताउँदै प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


७ जेठ २०७९, शनिवार ०९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु