डोटीमा गुडीरहेको जीपमाथि रुख खस्दा ३ जना घाइते
डोटीमा गुडीरहेको जीपमाथि रुख खस्दा ३ जना घाइते भएका छन्। राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेनातर्फ गइरहेको सुपप्र ००१ ज १३२९ नम्बरको जीपमा रुख ढल्दा ३ जना घाइते भएका हुन्।
घाइते हुनेमा २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायर घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
६ जेठ २०७९, शुक्रवार २३:१५ बजे प्रकाशित












