धनगढीमा गोपाल हमालको अग्रता कायमै
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । ४६ हजार ५६ मतगणना हुँदा हमालले २० हजार ७७५ मत पाएका छन् ।
हमाललाई पछ्याइरहेका गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १० हजार ३०२ पाएका छन् । एमालेका रणबहादुर चन्दले ५ हजार ३४७ मत पाएका छन् ।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ९ हजार ६४० मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ९ हजार २०९ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ५७१ मत पाएका छन् ।
६ जेठ २०७९, शुक्रवार २२:४१ बजे प्रकाशित












