आज थप २०१ मा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं,जेठ २१ । पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १र१ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २र२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रुपन्देहीका २६, महोत्तरीका ९ , दैलेखका ६, कालिकोटका ७, दाङका ८, प्युठानका २, धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८, रौटहटका ११, रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले बताए ।


२१ जेठ २०७७, बुधवार ११:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु