नेपालमा थप एकजनाको कोरोना भाइरसका कारण मृत्यु

काठमाडौँ,जेठ २१ । नेपालमा थप एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।  उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भए सगै नेपालका कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । 

ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । 


२१ जेठ २०७७, बुधवार ११:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु