अत्तरियामा जिम क्लब सञ्चालनमा

कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा जिम क्लब सञ्चालनमा आएको छ । नगरपालिकाको वडा नं. १ महेन्द्रनगररोडमा फिटनेस प्लानेट नामक जिम क्लब सञ्चालनमा आएको हो ।

जिम क्लबको शुक्रबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै भट्टले मानिसको पहिलो प्राथमिकता स्वास्थ्य हुनुपर्ने बताए ।

उनले मानिस स्वस्थ भएमात्रै दैनिक क्रियाकलापहरुलाई सहज ढंगले सञ्चालन गर्न सक्ने बताए । स्वस्थ जिवनयापनका लागी शारिरीक तन्दुरुस्ती आवश्यक भएको बताउदै उनले त्यसका लागी जिम क्लब उपयुक्त माध्यम भएको बताए । उनले जिम क्लब युवालक्षित कार्यक्रम पनि भएकाले नगरपालिकाको तर्फबाट आवश्यक पर्ने सहयोग गर्न आफु तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै जिम क्लबका सञ्चालक अजय रिजाल ले महिला तथा पुरुष दुवैका लागी क्लब सञ्चालनमा ल्याएको बताए । उनले विगतमा जिम क्लबमा महिला सहभागीतालाई फरक दृष्टिकोणले हेरीने गरेको बताउदै फिटनेस प्लानेटले भने महिलाहरुको पनि सहभागीता बढाउन महिलामैत्री रुपमा जिम क्लब सञ्चालनमा ल्याएको बताए ।

यसका साथै समयको सही रुपमा सदुपयोग गर्न नसकि कुलतमा फसेका युवाहरुका लागी पनि जिम क्लबले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए । उनले जिम क्लब सञ्चालनका लागी करिब ६५ देखी ७० लाख रुपैया लगानी लागेको बताए ।

यसैबिच सोही कार्यक्रममा जिम क्लबका सञ्चालक रिजाल र उनकी आमा सपना देवी रिजाल ले केक काटेर क्लबको उद्घाटन समारोहको समापन गरेका थिए ।


६ जेठ २०७९, शुक्रवार १४:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु