कैलालीमा आफ्नै १३ बर्षिय छोरीलाई बलत्कार गरेको आरोपमा बुबा पक्राउ

धनगढी,जेठ २१ । कैलालीमा आफ्नै १३ बर्षिय छोरीलाई बलत्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन । जिल्लाको चुरे गाउँपालिका वडा न. ५ भासु बजारमा बस्दै आएका बर्ष ४५ का बुबालाई ईलाका प्रहरी कार्यालय फल्टुडेले प्रकाउ गरेको हो ।

गत जेठ १७ गते प्रहरीमा उजुरी परेपछि उनि घरबाट भागि फरार रहेका थिए । ३ दिनको प्रहरीको अथक खोजीले तेस्रो दिन सहजपुर जंगलबाट भागिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ ।

पिडित बालिकाका अनुसार भासु जंगलमा रुखमा हात खुट्टा बाँधेर र घरमै समेत बलत्कार गर्ने गरेकोे आरोप लागेको छ । कसैलाई खबर गरेमा मार्ने धम्कि समेत दिदै आएको पिडित बालिकाले बताईन ।

प्रकाउ परेका बुबालाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाउने ईलाका प्रहरी कार्यालय फल्टुडको प्रमुख ईन्सपेक्टर माधव बिश्वकर्मा बताए ।


२१ जेठ २०७७, बुधवार ०४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु