काठमाडौंमा ३३ हजर २२२ मत गणना हुँदा बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । महानगरका १, २, ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ नम्बर वडाका मत गणना भइरहँदा उनले सबै वडामा अग्रता लिएका छन् ।

३३ हजर२२२ मत गणना हुँदा बालेनले १२ हजार ८८७ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ६८७८ मत पाएका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहले ६१०१ मत पाएकी छन् ।


३ जेठ २०७९, मंगलवार २२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु