धनगढीमा १९ हजार ५६० मत गणना गर्दा हमालको अग्रता कायमै

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । १९ हजार ५६० मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हमालले ९ हजार ३ मत पाएका छन् ।

हमाललाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ४ हजार ३८६ मत पाएका छन् । यसैगरी एमालेका रणबहादुर चन्दले २ हजार ११८ मत पाएका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ९०७ मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ३ हजार ६८६ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार १९३ मत पाएका छन् ।


३ जेठ २०७९, मंगलवार २१:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु