बैतडीको दोगडाकेदारमा मेयर, उपमेयरमा एमाले विजयी

बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ । एमाले उम्मेदवार चक्रबहादुर कार्की मेयरमा ४९१७ मतका साथ विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज जोशीले ४०९१ मत पाए ।

राप्रपाका शेरबहादुर कार्कीले ६० मत ल्याउँदा यस्तै स्वतन्त्र उम्मेदवार गणेश पार्कीले १३ मत ल्याए । उपमेयरमा एमालेकै पार्वती कार्की विजयी भएकी छन् । उनले ४ हजार ७८४ मत पाइन् ।

गठबन्धनबाट माओवादीका नवराज भट्टले ३६४१ मत पाए । प्रमुख उपप्रमुख दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।


३ जेठ २०७९, मंगलवार २१:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु