डडेल्धुराको अमरगढीमा कांग्रेस उम्मेदवार निर्वाचित

डडेल्धुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् ।

उपप्रमुखमा जोशी ३६१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस विपीका हरि भट्टले ३४२६ मत प्राप्त गरे । उपप्रमुखमा पनि नेपाली कांग्रेसकै पार्वती झुकाल ३ हजार ६७८ मत सहित विजयी भएकी छिन् ।

उनका निकट प्रतिस्पर्धी एमालेका यज्ञराज अवस्थीले ३ हजार ८५ मत ल्याएर पराजित भएका छन् ।वडा नम्बर १ देखि ७, ९, १० र ११ मा कांग्रेसको प्यानलै निर्वाचित भएको छ भने ८ मा कांग्रेस विपी विजयी भएको छ ।


३ जेठ २०७९, मंगलवार ०७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु