बेलडाँडी गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरि चन्द्र राना निर्वाचित भएका छन् । उनी ४ हजार १०३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नकेपा एमालेका अक्कलबहादुर विष्टले २ हजार ३०१ मत मात्रै ल्याए ।यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै शान्ती नाथ निर्वाचित भएकी छिन् ।

उनले ३ हजार ६७३ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी फुल देवी नरानाले ३ हजार २२७ मत प्राप्त गरिन् ।

 


२ जेठ २०७९, सोमवार १५:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु