धनगढीमा हमालको अग्रता कायमै,१०३२९ मत गन्दा कसको कति ?

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १० हजार ३२९ गणना भएको छ। जसमा हमालले ४ हजार ५३८ मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले ११४० मत पाएका छन्। मेयर पदमा खसेकामध्ये हालसम्म २ हजार ७९ मत बदर भएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत पाएका छन्।

 

 

 


२ जेठ २०७९, सोमवार १५:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु