पत्रकारिता छोडेर राजनीति थालेका हिरासिंह धामी बने पालिका अध्यक्ष

दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का हिरासिंह धामी निर्वाचित भएका छन्। ४ हजार ३४ मत ल्याएर उनी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याए। अध्यक्षमा विजयी भएका हिरासिंह धामी पूर्वपत्रकार समेत हुन्।

पत्रकार महासंघ दार्चुला, बैतडी संयुक्त शाखाका संस्थापक उपाध्यक्ष धामीले दुई दशक बढी समय पत्रकारितामा बिताएका थिए।उनी निवर्तमान अध्यक्ष नरेन्द्र धामीलाई पछाडि छाड्दै अध्यक्ष बनेका हुन्।

यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन्। ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन्।


२ जेठ २०७९, सोमवार १५:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु