प्रधानमन्त्री देउवाले अशिग्रामबाट गरे मतदान

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अशिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेको सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिए ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् ।यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए ।

पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान जारी छ । देशैभर बिहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।

 


३० वैशाख २०७९, शुक्रवार ११:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु