आज मतदान : यसरी हुँदैछ देशभर स्थानीय तहको निर्वाचन

देशभरका ७५३ स्थानीय तहमा शुक्रबार एकसाथ मतदान हुँदैछ। स्थानीय निर्वाचनको निम्ति ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरेर जम्मा ७५३ स्थानमा चुनाव हुन लागेको हो।

स्थानीय निकायमा ७५३ मेयर तथा अध्यक्ष रहनेछन् भने ७५३ उपमेयर तथा उपाध्यक्ष रहनेछन्। स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा अध्यक्ष निर्वाचित हुनेछन। खुला सदस्यको संख्या १३ हजार ४ सय ८६ रहनेछ। महिला सदस्य र दलित महिला सदस्य ६ हजार ७ सय ४३ गरेर १३ हजार ४८६ जना रहनेछन्। यसमा जम्मा निर्वाचित हुने ३५ हजार २ सय २१ पदको निर्णय हुनेछ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै आयोगले सम्पूर्ण तयारी पूरा भइसकेको बताएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकसाथ मतदान हुनेछ ।

निर्वाचनमा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान हुँदैछ। स्थानीय निकायका सबै उम्मेद्वार १ लाख ४५ हजार ११ जना उम्मेद्वार रहेका छन। जसमा पुरुष उम्मेद्वार ८९ हजार ३ सय १३ छन्।

महिला उम्मेद्वार ५५ हजार ६ सय ९८ रहेका छन् जसमा ३९० जना निर्विरोध निर्वाचित भक्ष्सकेका छन। यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्।

सुरक्षाको प्रबन्ध

स्थानीय तह निर्वाचन केन्द्रमा म्यादी प्रहरीसहित तीनवटै सुरक्षा निकायका दुई लाख ६५ हजार सुरक्षाकर्मी निर्वाचनमा खटिनेछन् । जसमध्ये म्यादी प्रहरीको संख्या सबैभन्दा धेरै एक लाख छ । सेनाको संख्या ७१ हजार पाँच सय छ भने नेपाल प्रहरीको ६२ हजार छ भने सशस्त्र प्रहरीको संख्या ३२ हजा रहेको छ।


३० वैशाख २०७९, शुक्रवार ०६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु