आईपीएल: दिल्लीले राजस्थानलाई हरायो, प्लेअफ सम्भावना कायमै

राजस्थान रोयल्सलाई आठ विकेटले हराउँदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा छैटौँ जित निकालेको छ ।

बुधबार राति राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका मिचेल मार्शले सर्वाधिक ८९ रन बनाए । डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पारेको थियो ।

राजस्थानका रविचन्द्र आश्विनले ५० रन बनाए । यस्तै देबदुत पडिकलले ४८ रनको योगदान गरे । जितसँगै दिल्ली १२ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा छ ।

पछिल्लो जितसँगै दिल्लीले प्लेअफ सम्भावना कायमै राखेको छ । दिल्लीले बाँकी दुई खेल जितेको खण्डमा १६ अंक हुनेछ । नेटरनरेटमा उच्च रहेमा र अन्य टोलीको नजिता आफू अनुकुल आएमा अन्तिम चारमा रहेर प्लेअफ खेल्न सक्नेछ । राजस्थान भने १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।


२९ वैशाख २०७९, बिहीवार ०८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु