बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, ३० जना घाइते

कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। बिहीबार आज बिहान करिब ५ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्।

घाइतेमध्ये ६ जनालाई जिल्ला अस्पताल डोटी पुराएर उपचार भइरहेको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीका अनुसार बस सडकबाट करिब २० मिटर तल खसेको छ ।

 

 

 

 

 


२९ वैशाख २०७९, बिहीवार ०८:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु