मौन समयको अवज्ञा गर्दै चुनाव प्रचारमा व्यस्त बीना मगर

निर्वाचन आयोगले तोकेको मौनअवधि गएराति १२ बजेदेखि नै सुरु भइसकेको छ। यो अवधिमा सामाजिक सञ्जालदेखि मतदातासमक्ष पुगेर पनि चुनाव प्रचार गर्न पाइँदैन। तर नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगर भने मौन अवधिको अवज्ञा गर्दै मतदाताकहाँ पुगेर माओवादीलाई भोट मागिरहेकी छन्।

उनले निर्वाचन आयोगको मौनअवधिको अवज्ञा गर्दै गृहजिल्ला कञ्चनपुरमा मतदाता भेला गरेर माओवादीको पक्षमा प्रचार गरिरहेकी छन्।माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगिन्।

बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्नअंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्। बीना गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि बुधबार दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेकी हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार मदनसेन बडायक विजयी भएका थिए। उनी अहिले पनि माओवादी केन्द्रबाट फेरि उम्मेदवार छन्। बीना त्यही क्षेत्रकी संघीय सांसद हुन्।


२८ वैशाख २०७९, बुधवार १६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु