तोलामा १ हजार ४ सयले बढ्यो सुन

बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनसम्म केही घटेको सुन बिहीबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

वैशाख १२ गतेयता सुनको मूल्य १ लाखमुनि रहँदै आएको छ । वैशाख १२ गते १ लाख २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत फागुन २५ गते सुनको मूल्यले १ लाख ५ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड कायम गरेको थियो । बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३०५ पुगेको छ ।


२२ वैशाख २०७९, बिहीवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु