दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प
दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
२२ वैशाख २०७९, बिहीवार ०८:०७ बजे प्रकाशित












