जिम्बाबेमाथि नेपालको सहज जित, सिरिज बराबरी

आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरेपछि जिम्बाबे ए सँगको टी–२० खेलमा बुधबार नेपालले जित हात पारेको छ । त्रिवि मैदानमा सिरिज बचाउन मैदानमा उत्रिएको नेपालले जितसँगै सिरिज पनि बराबरी गरेको छ ।

तीन खेलको सिरिजमा पहिलो खेल जिम्बाबेले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा बुधबार नेपालले ८ विकेटको जित हात पारेको हो ।

पहिला ब्याटिङ गरेको जिम्बाबेले ७ विकेटमा १३६ रन बनाएको थियो । जावफी ब्याटिङ गरेको नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । ओपनर आसिफ शेखले नटआउट ८७ रन बनाए । उनले ५४ बल खेल्नेक्रममा १३ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा ३४ रन बनाए।

यसअघि जिम्बाबेका रोय कायले ४९ रन बनाएपछि उसले सम्मानजनक स्कोर खडा गरेको थियो । जिम्बाबेलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछाने २ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक एक विकेट लिए ।

अब नेपालले घरेलु मैदानमै जिम्बाबे एसँग तीन खेलको एक दिवसिए सिरिज खेल्नेछ ।


२१ वैशाख २०७९, बुधवार १६:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु