अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत सिफारिस

नेकपा एमाले ढकारी गाउँ संगठन कमिटी अछामले आगामी स्थानीय तहको चुनावका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेर पठाएको छ ।

संगठन कमिटीको भेलाले एमाले अछामका पुराना नेता धर्मबहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले जिल्ला सदस्य मायादेवि बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको हो ।

पालिका अध्यक्ष अमर सिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनोटका लागि गाउँपालिका संगठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मत अनुमोदन गरेको थियो ।

भेलामा ढकारी गाउँपालिका अन्तर्गतका ८ मध्ये ३ वटा वडामा वडाध्यक्षका उम्मेदवार पनि सर्वसम्मत चयन भएका छन् ।

 


२८ चैत २०७८, सोमवार २१:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु