भोलिदेखि लाइसेन्सको फारम बन्द हुने
मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन फारम बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै हालसम्म परेको आवेदनको कारवाही यथासक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि आवेदन बन्द गरिएको जनाएको छ ।
तीनदेखि चार लाखको हाराहारीमा फारम भरेका सेवाग्राही परीक्षाको पर्खाइमा रहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले जानकारी दिए ।
३० फागुन २०७८, सोमवार १९:२८ बजे प्रकाशित












