देशभर थप ७३ मा कोरोना संक्रमण पुष्टि, १९२ जना निको

देशभर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पाँच हजार ६२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ७३ जनाको नतिजा पोजिटिभ आएको हो ।

दुई हजार २३८ नमुनाको पीसीआर परीक्षण गर्दा ३० र दुई हजार ८२४ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १९२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६० हजार ८७८ पुगेको छ ।


२८ फागुन २०७८, शनिवार १७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु