punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

Chaupati
safha napa

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले पद तथा थोपनीयताको शपथ लिएका छन्। कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरूलाई शपथ दिलाएका हुन्।

गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँच पाँच तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एकजना निर्वाचित भएका थिए।

कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेतले शपथ लिए। त्यस्तै‚ माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्कीले शपथ लिए।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाहले शपथ लिए। जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले शपथ लिएका हुन्।

राष्टपतिबाट मनोनीत एक सांसदकोको नाम टुंगिन बाँकी छ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु भएको छ। चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भएका छन्।

बिदा हुनेमा एमालेबाट पर्शुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेल, कांग्रेसबाट राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्ट रहेका छन्।

यस्तै, माओवादी केन्द्रबाट दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा, एकीकृत समाजवादीबाट उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुँवर र मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि सकिएको छ।


२१ फागुन २०७८, शनिवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु