माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ निर्वाचित
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी ‘सन्तोष’लाई हराएका हुन् ।
चौधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकोमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।
त्यस्तै, उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् ।
सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने सहसचिव नन्दबहादुर साउँद, मबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा कमलकुमारी शाह विजयी भएकी छन् ।
माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनको तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएको हो ।
१७ फागुन २०७८, मंगलवार ०८:४९ बजे प्रकाशित












