सुदूरपश्चिमका पहाडी भू–भागका एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आज दिउँसोको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
अहिले बिहान पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज राति पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
१७ फागुन २०७८, मंगलवार ०८:२० बजे प्रकाशित












