बुटवलमा १७ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा
प्रहरीले बुटवलबाट १७ जना बन्दकर्तालाई प्रहरी नियन्त्रणमा लिएको छ । नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीसहित डेढ दर्जन बन्दकर्तालाई प्रहरीले बुटवल बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरूलाई अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । एमसीसीको विरोध गर्दै नेकपासहितका दलीय मोर्चाले आज नेपाल बन्द आह्वान गरेका थिए ।
१६ फागुन २०७८, सोमवार १५:५० बजे प्रकाशित












