दार्चुलामा मिलमा बेरिएर एक जनाको मृत्यु

दार्चुलामा मिलमा बेरिएर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका-६ पनेबाजमा मिलमा बेरिएर अन्दाजी ५० वर्षीय धनसिंह धामीको मृत्यु भएको हो।

आज बिहान करिब ९ बजेतिर आफ्नै मिलमा अन्न पिध्ने क्रममा मिलको फितामा बेरिएर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


८ फागुन २०७८, आइतवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु