राष्ट्रिय सभाको बैठक १७ गते बस्ने
राष्ट्रिय सभाको बैठक यही माघ १७ गते बस्ने भएको छ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।
संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम अध्यक्षले माघ १७ का लागि बैठक आह्वान गरेका हुन्।
यसअघि माघ २ गते अनिश्चितकालका लागि बैठक स्थगन गरिएको सूचना जारी गरिएको थियो।तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौयता राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैका बैठकमा निरन्तर अवरोध गरिरहेको छ।
१४ माघ २०७८, शुक्रवार ०९:४५ बजे प्रकाशित












