सेतीमा थप १८९जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १८९जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७८ नमुना परीक्षण गर्दा थप १८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । भने ६ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल अस्पतालमा २३ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये २ जनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको हो ।


१२ माघ २०७८, बुधवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु