नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार

नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको  २०७८ को जनगणनाको प्रारम्भिक विवरणमा उक्त तथ्यांक उल्लेख गरेको छ ।

सार्वजनिक विवरण अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ ।


१२ माघ २०७८, बुधवार ११:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु