धनगढी उपमहानगरद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि धनगढी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा एक सातासम्मका लागि बन्द गर्ने भएको छ ।
उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि लागू हुने गरि सेवा बन्द गर्न लागेको हो जनाएको हो । कार्यालयका केही कर्मचारीहरुलाई कोभिड–१९ संक्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर आईसोलेसनमा रहेकाले माघ १२ गतेदेखि १८ सम्म अत्यावश्यक (स्वास्थ्य, सरसफाई, दमकल र एम्बुलेन्स) बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा जारी सूचनामा जनाइएको छ ।
अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गरि कोभिडविरुद्धको खोपकार्ड लिएर आउन अनुरोधसमेत गरेको छ ।

११ माघ २०७८, मंगलवार १५:२६ बजे प्रकाशित













