कृष्णपुरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ ।
कृष्णपुर नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरूमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएकोले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारीले जानकारी दिए ।
१० माघ २०७८, सोमवार १३:२६ बजे प्रकाशित













