धनगढीमा प्रहरीले नै मोबाइल चोरेपछि…
कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको छ। लागूऔषधको कारोबार भैरहरेको सुचनाको आधारमा बिहीबार ग्यालरी पुगेको प्रहरीको टोलीका एक जनाले मोबाइल चोर्दै गरेको भिडियो पसलको सिसीटिभिमा कैद भएको छ ।
धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट ती प्रहरीले मोवाईल चोरी गरेको पसल सञ्चालक सुवास रावलले बताए ।
मोबाइलको खाली डब्बा देखेपछि सिसि टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा सलग्न प्रहरीलाई कार्बहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियो सहित नै निवेदन आएपछि सो बारे छानबिन भइरहेको बताए। उनले घटना संलग्न प्रहरी हवल्दार होम बहादुर माल र प्रहरी जवान भरत सिंह बुडाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भैरहेको बताए ।
उनले निजहरुबाट मोबाइल समेत बरामद गरिएको जानकारी दिए । बिहिवार प्रहरीले ग्यालरीबाट लागुऔषध खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको थियो।
७ माघ २०७८, शुक्रवार ०९:१२ बजे प्रकाशित













