निर्वाचन आयोगले खारेज गर्‍यो तीन दल

निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ।नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ।

यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन्।लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ।

गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो।लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ। २०७३/०७४ मा यी दल आयोगमा दर्ता भएका थिए।

यस्तो छ दल खारेजको सूचना:


७ माघ २०७८, शुक्रवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु