आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।कोरोना सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।हिजो गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ ।

नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ ।

सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि आज एकदिन यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रवेश दिइनेछ । कोरोनाको जोखिम बढ्दै गएकाले कडाइ गर्नुपरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।


२९ पुस २०७८, बिहीवार ०९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु