शिवपुरीधाम कार्यसमितिद्वारा तेक्वान्दो डोजाङ्ग टिमलाई सम्मान
भारतको चन्ढीगडमा भएको इण्डो–नेपाल इन्टरनेशनल प्रतियोगितामा नेपालबाट सहभागी भएर दोस्रो स्थान हात पार्न सफल टिमलाई शिवपुरीधाम तेक्वान्दो डोजाङ्ग–टिमलाई सम्मान गरिएको छ। बुधबार शिवपुरी धामको कार्यसमितिले एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई सम्मान गरेको हो।
शिवपुरीधाम कार्यसमितिका अध्यक्ष बलदेभप्रसाद भट्टको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा तेक्वान्दो संघ कैलालीका अध्यक्ष बुद्धिबहादुर खड्का, शिवपुरीधाम कार्यसमिति कोषाध्यक्ष अर्जुन भट्ट, सल्लाहकार हिक्मत कठायत, वडा नम्बर २ का वडा सदस्य मानबहादुर चौधरी, वडा नम्बर ४ की सदस्य माया भण्डारी लगायतको कार्यक्रमा उपस्थिति रहेको थियो। कार्यक्रमा वडा नम्बर २ का वडा सदस्य चौधरीले खेलाडीहरुलाई सम्मान स्वरुप ३ हजार सहयो प्रदान गरेका छन्।
नेपाल र भारत सम्मिलित उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएको धनगढीको शिवपुरीधाम तेक्वान्दो डोजाङ्गले ८ स्वर्ण र २ रजत जित्दै दोश्रो भएको शिवपुरी धाम तेक्वान्दो संघका प्रशिक्षक आशिष चन्दले बताए।
प्रतियोगितामा पुरुष किरोगी विधातर्फ अनिस बिष्ट ३५ के.जी मुनि स्वर्ण पदक ,सम्यक जोशी ३१ के.जी मुनि स्वर्ण पदक ,हरिष बोहरा ३७ के.जी मुनि स्वर्ण पदक ,अप्सरा बराल ७७के.जी मुनि स्वर्ण पदक ,आशिष चन्द ८७ के.जी माथि स्वर्ण पदक ,लक्ष्मण चन्द ५५ के.जी मुनि रजत पदक ,महिला बाट नेहा चौधरी ४६ के .जी मुनि रजत पदक त्येसै गरी पुम्से तर्फ तुसार चन्द प्रकाश सिंह १४ बर्ष मुनि स्वर्ण पदक , लक्ष्मण चन्द १७ बर्ष मुनि स्वर्ण पदक जितेको शिवपुरी धाम तेक्वान्दो संघका प्रशिक्षक आशिष चन्दले बताए।
२८ पुस २०७८, बुधवार १६:२७ बजे प्रकाशित












