धान कुट्ने मिलमा परेर महिलाको मृत्यु
अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलकी एक महिलाको बुधबार विहान मिलको मेसिनमा परेर मृत्यु भएको छ।
साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा धान कुटाउने क्रममा सल बेरिएर मेसिनमा परेर ५१ वर्षीया सुन्तला बोहराको ज्यान गएको प्रहरीले जनाएको छ । उनका दुई छोरा र दुई छोरी छन् ।
२८ पुस २०७८, बुधवार १४:०० बजे प्रकाशित












