दूधको मूल्य १० रुपैयाँ बढाउन सिफारिस
राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ। बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाइएको छ।
कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको र त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताए ।
मन्त्रालय स्रोतका अनुसार हालको उपभोक्ता मूल्य ७६ रुपैयाँ प्रति लिटरममा १० रुपैयाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपैयाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपैयाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने देखिएको अध्ययन समितिले सिफारिस भएको खबर सुरेश कुमार यादवले गोरखापत्रमा लेखेका छन् ।
२८ पुस २०७८, बुधवार ०९:४० बजे प्रकाशित












