सबै नगरबासी स्वास्थ्य सेवाको पहुँचमा पुग्दैछन् : मेयर वड
नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यले निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले वडा नम्बर ३ मा निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेका छन् ।
स्वास्थ्य भवन उदघाटन गर्दै मेयर वडले सम्पूर्ण नगरबासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सम्पूर्ण वडाहरुमा स्वास्थ्य भवन भैरहेको बताए ।
धनगढी उपमहानगरपालिकाका १९ वडामध्ये वडानम्बर १, २ र ४ बाहेकका सबै वडामा स्वास्थ्य भवन निर्माण गरेर सेवा प्रवाह भैरहेको बताए ।
बाँकी वडाहरु मध्ये वडा नम्बर २ र ३ मा जग्गा नभएका कारण स्वास्थ्य भवन बनाउन नसकिएको बताउदै जग्गा प्राप्ति लगतै भवन निर्माण गरि स्वास्थ्य सेवा सुचारु गरिने मेयर वडले बताए ।
२७ पुस २०७८, मंगलवार १६:३० बजे प्रकाशित












