एमाले दार्चुलाको अध्यक्षमा धामी निर्वाचित

नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट ज्ञानेन्द्र घर्तीलाई पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् ।

धामीले ५ सय ८८ मत पाउँदा घर्तीले ९२ मत मात्रै पाए। यस्तै सचिवमा शेरसिंह धामी निर्वाचित भएका छन् । उनले ४ सय २२ मत पाएका छन् ।

यसैगरी सचिवमा चन्द्रादेवी कुँवर र खडक बडाल निर्वाचित भएका छन् । कुँवरले २ सय ७३ मत पाए भने बडालले ३ सय ८४ मत पाएका छन् ।


२७ पुस २०७८, मंगलवार १६:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु