सेती प्रादेशिक अस्पतालमा एकैदिन ३१ जनामा कोरोना संक्रमण
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन ३१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७६ जनाको नमूनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा थप तीन नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा सात जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार ६ जनाको आइसियूमा उपचार भइरहेको छ भने एकजनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
२७ पुस २०७८, मंगलवार १५:५५ बजे प्रकाशित












