एमाले कैलालीको अध्यक्षमा थापा विजयी, चन्द ४ मतले पराजित
नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २८७ मत पाए भने चन्दले २८३ मत पाए ।
यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जाेशी विजयी भएका छन् । जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए ।
सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए । यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् ।
२७ पुस २०७८, मंगलवार १०:३५ बजे प्रकाशित












