माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रवक्ता सुनिता नेपालकाअनुसार आइतबार बसेको सीसीएमसीको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढेको भन्दै सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार मात्रै २४ जना कोरोनाभाइरसको ओमिक्रोन प्रजातिको संक्रमण देखिएको थियो । यसपछि सीसीएमसीले यस्तो निर्णय गरेको हो । त्यसपछि भने अवस्था हेरेर आवश्यक निर्णय लिने सीसीएमसीले जनाएको छ ।


२५ पुस २०७८, आइतवार १९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु